पूर्ण सरसफाइमा प्रतिवद्धता, हामी सबैको ऐक्यवद्धता
हाम्रो घरमा चर्पी छ, हामीलाई यस्मा गर्व छ
नेपालमा अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ को महत्व
नेपालमा जम्मा ४६% जनसंख्यालाई मात्र शौचालय सुविधा प्राप्त छ भने ७६% जनसंख्याले
खानेपानीको सुविधा प्राप्त गरेका छन् । तर्सथ खानेपानी र सरसफाइ सुविधा बीचको
पहुँचमा ३०% को अन्तर रहेको छ । तर्राईका १० र हिमाल एवं पहाडका १४ जिल्लाहरु गरी करीब एक तिहाई जिल्लाहरुमा २०% भन्दा कम जनसंख्यालाई सरसफाइ सुविधा उपलब्ध छ ।

दृष्टिकोण
सरसफाइ सहस्राव्दि विकास लक्ष्य र राष्ट्रिय लक्ष्य हासिल गर्ने उद्देश्य अनुरुप
सरोकारवालाहरुको संयुक्त प्रयास, नौला एवं सृजनशील पद्धति तथा प्रविधि मार्फ
सरसफाइमा आमूल परिवर्तन ल्याउने तर्फनेपालले अन्तराष्ट्रिय
सरसफाइ वर्ष - २००८ लाई
महान अवसरको रुपमा हेरेको छ ।

सामूहिक प्रतिबद्धता
आज मिति २० नोभेम्वर २००७ का दिन तपसिलमा हस्ताक्षर गर्ने हामी सबै अन्तराष्ट्रिय सरसफाइ वर्षसन् २००८ सम्बन्धी नेपालको योजनाको प्रभावकारी
कार्यान्वयनको लागि प्रतिबद्ध छौं ।
|