१. संयुक्त राष्ट्र संघले सन् २००८ लाई किन अन्तर्राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्यो ?
अन्तर्राष्ट्रिय सरसफाइ वर्षलाई सरसफाइप्रति रहेको हेय दृष्टि हटाउने उपयुक्त अवसरको रुपमा लिइ गरीब एवं विपन्न वर्गको सरसफाइको लागि प्रचुर स्रोत साधन जुटाउने अवसरको रुपमा मनाउने घोषणा गरिएको छ ।
२. अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ मनाउन नेपालको कुनै विशेष योजना छ ?
नेपालले अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ को लागि सरोकारवालाहरुको समन्वयमा योजना विकसित गरि कार्यान्वयन गरिरहेको छ ।
३. नेपालले अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ मार्फत के के उपलब्धीका क्षेत्रहरु नीर्धारण गरेको छ ?
सरसफाइसम्बन्धी गुरुयोजना तयारी, सहरी सरसफाइ नीति तर्जुमा एवं सरसफाइ कार्यक्रम कार्यान्वयन निर्देशिका विकास गरी सरसफाइमा सहस्राब्दी विकास लक्ष्य एवं राष्ट्रिय लक्ष्य हासिल गर्न अनुकूल वातावरण सिर्जना हुने ।
सरसफाइ प्रवर्द्धनको लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्न समुदाय, जिल्ला, स्थानीय निकाय, दातृसंस्था, केन्द्र, क्षेत्र गैसस, निजीक्षेत्र आदि विभिन्न तहमा कार्यरत सरोकारवालहरुको क्षमता अभिवृद्धि हुने ।
कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, कार्यपद्धतिमा सामञ्जस्यता, नौला एवं सिर्जनशील क्रियाकलापहरु प्रवर्द्धन आदि पक्षहरुमा सम्बद्ध सरोकारवालाहरुको समन्वय, सहयोग र सञ्चार सुदृढ हुने ।
आमसञ्चारका माध्यमको परिचालन, सरसफाइसम्बन्धी चेतनामूलक सामग्रीको प्रचार प्रसार र विशिष्ट व्यक्तित्वहरुको परिचालन मार्फत चर्पी निर्माण/प्रवर्द्धन र खुला दिसामुक्त समुदाय/विद्यालय सेवा क्षेत्र/गाविस/न पा/ विकास गर्नेतर्फ सशक्त रुपमा पैरवी जनचेतना अभिवृद्धि हुने ।
४. अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ को समन्वय गर्न नेपालमा कस्ता संस्थागत संरचना तयार पारिएको छ ?
भौतिक योजना तथा निर्माण मन्त्रालय सह सहसचिवको संयोजकत्वमा खानेपानी तथा ढल निकास विभागमा अन्तर्राष्ट्रिय सरसफाइ नेपाल डेस्क स्थापना गरिएको छ । साथै सरोकारवालाहरुसँग समन्वय गर्न राष्ट्रिय सरसफाइ कार्यसंरचना समितिको संजाल परिचालित गरिएको छ ।
५. सचेतना र पैरवीका लागि के रणनीतिहरु बनाइएका छन् ?
पैरवी एवं जनचेतनामूलक सामग्रीको निर्माण, प्रचार प्रसार गर्ने, एफ एम, रेडियो, टेलिभिजन तथा अन्य सञ्चार माध्यमबाट डकुमेन्ट्री फिल्म, प्रचार प्रसार तथा समाचार, लेख रचनाहरु प्रकाशित तथा प्रसारण गर्ने, नीतिगत विषयमा छलफल गर्ने र व्यानर, तुल, होर्डिङ्ग बोर्डहरु रा सरसफाइ महोत्सव तथा अभियानहरुमा जनचेतना बृद्धि गर्ने तथा पैरवी गर्ने ।
६. अन्तर्राष्ट्रिय सरसफाइ वर्षले नेपालको सरसफाइ राष्ट्रिय लक्ष्य तथा सहस्राब्दी लक्ष्य हासिल गर्न कसरी सहयोग गर्छ ?
नेपालले अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ लाई सरसफाइ क्षेत्रमा आमूल परिवर्तन गर्ने ठूलो अवसरको रुपमा हेरेको छ । सरसफाइ वर्ष २००८ सम्बन्धी नेपालको योजनाले सरसफाइ क्षेत्रमा गुरु योजना बनाउने र राष्ट्रिय सरसफाइ निर्देशिका बनाउने, राजनैतिक प्रतिबद्धता हासिल गर्ने निजि क्षेत्रलाई परिचालन गर्ने व्यक्ति एवं संस्थाहरुलाई सम्मान र कदर प्रदान गर्ने, सरसफाइसम्बन्धी अनुसन्धान र विकास कार्य गर्ने, आमसञ्चारका माध्यमहरुलाई परिचालन गर्ने, पैरवी गर्नका लागि कार्यक्रमहरु सञ्चालन गर्ने, सरोकारवालाहरुको आर्थिक प्रतिबद्धता हासिल गर्ने, नमूना जिल्ला नमूना नगरपालिका तथा नमूना गाविस निर्माणका लागि सहयोग गर्ने कार्यमा लागि परेको छ । जुन कार्यक्रमले गरीब, अवसरबाट बञ्चित, सामाजिक रुपमा पिछडिएका समूहहरुलाई लक्षित गरी माथि उल्लेखित लक्ष्यहरु हासिल गर्नेछ ।
७. सदस्य संस्थाहरु एवं सरोकारवालाहरु को छन् ?
निम्न लिखित सरकारी तथा गैरसरकारी संस्थाहरु अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ मनाउन संलग्न छनः
- Asian Development Bank (ADB)
- Association of District Development Committee in Nepal (ADDCN)
- Bio Gas Support Program/SNV (BSP)
- CARE Nepal
- Centre for International Studies and Cooperation (CECI)
- Community Development Forum
- Department of Education
- Department of Health Services
- Department of Local Infrastructure Development and Agricultural Roads
- Department of Water Supply and Sewerage (DWSS)
- Eco Himal
- Environment and Public Health Organization (ENPHO)
- Federation of Drinking Water and Sanitation Users Nepal (FEDWASUN)
- GTZ/UDLE (Urban Development through Local Efforts)
- Gurkha Welfare Scheme (GWS)
- Helvetas Nepal
- LUMANTI
- Media Help Line
- Ministry of Education and Sports
- Ministry of Finance
- Ministry of Health and Population
- Ministry of Local Development
- Ministry of Physical Planning and Works
- Ministry of Women, Children and Social Welfare
- Municipality Association in Nepal (MuAN)
- National Association of Village Development Committee in Nepal (NAVIN)
- National Trachoma Program
- Nepal National Teacher's Association (NNTA)
- Nepal National Teacher's Organization (NNTO)
- Nepal Red Cross Society (NRCS)
- Nepal Scout
- Nepal Water for Health (NEWAH)
- Nepal Water Supply Corporation (NWSC)
- Non Governmental Organisation Forum for Urban Water and Sanitation (NGOFUWS)
- PLAN Nepal
- Rural Water Supply and Sanitation Fund Development Board (RWSSFDB)
- Rural Village Water Resource Management Programme (RVWRMP)/ FINNIDA
- SEAM-N
- Solid Waste Management and Resource Mobilisation Centre
- The World Bank
- UN-Habitat
- UNICEF
- WaterAid Nepal
- World Health Organisation (WHO)
- World Vision