मूख्य उपलब्धीका क्षेत्रहरु
अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ अन्तर्गत देहायका उपलब्धीका क्षेत्रहरु निर्धारण गरिएका छन्  :

  • सरसफाइ सम्बन्धी गुरुयोजना तयारी, सहरी सरसफाइ नीति तर्जुमा एवं सरसफाइ कार्यक्रम कार्यान्वयन निर्देशिका विकास गरी सरसफाइमा सहस्राब्दि विकास लक्ष्य एवं राष्ट्रिय लक्ष्य हासिल गर्न अनुकूल वातावरण सिर्जना हुने ।

  • सरसफाइ प्रवर्द्धनको लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्न समुदाय, जिल्ला, स्थानीय निकाय, दातृसंस्था, केन्द्र, क्षेत्र गै.स.स., निजीक्षेत्र, आदि विभिन्न तहमा कार्यरत सरोकारवालाहरुको क्षमता अभिवृद्धि हुने ।

  • कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, कार्यपद्धतिमा सामञ्जयस्यता, नौला एवं सिर्जनशील क्रियाकलापहरु प्रवर्द्धन, आदि पक्षहरुमा संवद्ध सरोकारवालाहरुको समन्वय, सहयोग र सञ्चार सुदृढ हुने ।

  • आमसञ्चारका माध्यमको परिचालन, सरसफाइ सम्बन्धी चेतनामूलक सामग्रीको प्रचार-प्रसार र विशिष्ट व्यक्तित्वहरुको परिचालन मार्फत शौचालय निर्माण/ प्रवर्द्धन र खुला दिशामुक्त समुदाय/विद्यालय सेवा क्षेत्र/गा.वि.स/न.पा./विकास गर्ने तर्फ सशक्त रुपमा पैरवी जनचेतना अभिवृद्धि हुने ।

समाचार र घटना
हालका लागि कुनै पनि समाचार उपलब्ध छैन ।

प्राय सोधिने प्रश्नहरू


गृहपृष्ठ  |  नेपालमा आइ.वाइ.एस्.  |  सम्पर्क ठेगाना  |  सुझाव  |  साइट नक्सा © २००८ अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८, नेपाल । सर्वाधिकार सुरक्षित । योमरी द्वारा निर्मित ।

अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ नेपाल डेस्क
पानी पोखरी, काठमाडौं, नेपाल । फोन नं. (९७७-१) ४४१३६७० । फ्याक्स नं. (९७७-१) ४४१९८०२
ईमेल iysnepal@ntc.net.np