|
उद्देश्यहरु
सरसफाइ प्रवर्द्धनको लागि मजबुत आधार तयार गरी तपसिलमा उल्लेखित उद्देश्यहरु
हासिल गर्दै सरसफाइ सम्बन्धी सहस्राब्दि विकास लक्ष्य र राष्ट्रिय लक्ष्य हासिल
गर्नेतर्फ अन्तराष्ट्रिय सरसफाइ वर्ष२००८ को योजना विकसित गरिएको छ :
- सरसफाइसँग सम्बन्धी चुनौति एवं संकटवारे जनचेतना जगाउने, स्रोत-साधनको परिचालन
गर्ने र सो अवस्थाबाट छुटकारा पाउनको लागि सरोकारवालाहरुबाट प्रतिवद्धता हासिल गर्ने
।
- सरसफाइ सम्बन्धी नीति तर्जुमा, स्रोत-साधन व्यवस्थापन र नवीन सोचको थालनीका लागि
योजनाकार, नीति निर्माता, राजनीतिक निकाय, निजी क्षेत्र र सरोकारवालाहरुको
प्रतिवद्धता हासिल गर्न उनीहरुलाई जागृत गर्ने ।
- स्थानीय स्तरको स्रोतसाधनको उच्चतम परिचालन गरी सरसफाइ सम्बन्धी वानी व्यहोरा
परिवर्तन गर्ने तर्फ जिल्ला विकास समिति (जि.वि.स.), नगरपालिका (न.पा.), गाउँ विकास
समिति (गा.वि.स.), समुदायमा आधारित संघ संस्था, गैर सरकारी संघसंस्था (गै.स.स.)
विद्यालय एवं समुदायलाई उन्मुख गरी कार्यक्रम प्रति उनीहरुको अपनत्व बढाउने ।
- सरसफाइलाई अस्मिता, पहिचान र गौरव को विषयका साथै स्वास्थ्य, सामाजिक विकास,
पर्यटन प्रवर्द्धन र दिगो वातावरणको आधारको रुपमा स्थापित गर्न अनूकुल वातावरण
सिर्जना गर्ने ।
- गरीव, अवसरबाट वञ्चित र सुकुम्बासी वर्गलाई चर्पीको प्रयोग तथा स्वास्थ्य र
सरसफाइ सम्बन्धी उचित बानी व्यहोरा अपनाउन परिचालन गर्ने ।
सरसफाइ सम्बन्धी कृयाकलाप संचालनको लागि नेतृत्व विकास गर्न सरोकारवालाहरुको
संस्थागत क्षमता र समूहगतिसिलता सुदृढ गर्ने ।

|
|
 |
|
समाचार र घटना
हालका लागि कुनै पनि समाचार उपलब्ध छैन ।

|
|
प्राय सोधिने प्रश्नहरू

|
|