नेपालको सर्न्दर्भमा सरसफाइसम्बन्धित तथ्यांक
  • अझै पनि ५४% जनसंख्या सरसफाइ सुविधा (चर्पी) को अभाबमा खुला ठांउमा दिसा गर्दछन ।

  • आधारभूत खानेपानी सुविधा (७६%) र सरसफाइ सुबिधा (४६%) पुगेका जनसंख्या वीच ठूलो अन्तर (३०%) छ ।

  • एक तिहाइ जिल्लाका गाउ बिकास समितिहरुमा २०% भन्दा कम जनसंख्यालाई मात्र सरसफाइ सुविधा उपलब्ध छ ।

  • न्यून सरसफाइको कारण नेपालले वाषिर्क करिव १० अरव रुपैंया क्षति व्यहोरिरहेको छ ।

  • वर्षोनि पाँच वर्षमुनिका १३,००० वालवालिका दूषित खानेपानी तथा सरसफाइको कारणले लाग्ने रोगबाट मर्दछन ।

  • केवल ४१% विद्यालयमा मात्र चर्पीको सुविधा उपलब्ध छ ।

  • धनी (८०%) र गरिव (१३%) वीच सरसफाइको पहुँचको ठूलो अन्तर छ ।

  • केवल १२% जनसंख्यालाई मात्र ढल निकासको सुविधा छ ।

  • सन् २०१५ सम्म ५३% जनसंख्यालाई आधारभूत सरसफाइ सुविधा पुर्‍याउने सहस्राब्दि लक्ष्य रहेको छ ।

  • सन् २०१७ सम्म सम्पूर्ण जनसंख्यालाई आधारभूत सरसफाइ सुविधा पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ ।

  • नेपालमा वर्षोनि करिव १,४८,००० चर्पी (४०५ दैनिक) निर्माण भैरहेका छन् ।

  • वर्षोनि ३,२०,००० (८७९ दैनिक)को दरले चर्पी निर्माण भए मात्र सरसफाइको राष्ट्रिय लक्ष्य हासिल हुन सक्ने देखिन्छ ।

  • नेपालमा हाल सम्म ४वटा गाउ बिकास समिति ( प्रगती नगर - नवलपरासी, घाचोक- कास्की, बन्दीपूर - तनहु र फूलवारी- चितवन ) तथा दर्जनौ बिद्यालयका सेवा क्षेत्र र समुदाय खुला दिसा मुक्त भई सकेका छन् ।

  • सन् १९९० सम्म ६% जनसंख्यालाई मात्र सरसफाइ सुविधा पुगेकोमा दशौ योजनाको अन्त सम्ममा करीव ४६% जनसंख्याले सो सुविधा प्राप्त गरेको अनुमान गरिएको छ ।

  • नेपालीहरुलाई लाग्ने अन्दाजी ८०% भन्दा बढि सरुवा रोगहरु गुणस्तरयुक्त खानेपानी तथा सरसफाइको कमीले लाग्ने गर्दछ । बढ्दो जनसंख्याको कारणले शहरी क्षेत्रहरुमा फोहरमैला व्यवस्थापन र समुचित ढल निकासको चर्को समस्या देखिएको छ ।

  • अपाङ्गका लागि चर्पिको सुविधा निर्माण तर्फसरोकारवालाहरुको यथेष्ठ ध्यान पुग्न सकेकोछैन ।

  • तर्राई क्षेत्रमा व्याप्त खुला दिसा-पिसाव गर्ने प्रचलनले पनि पानीका स्रोतहरु प्रदुषित गर्नुका साथै जनस्वास्थ्यलाई जोखिममा पारेको छ ।

  • कतिपय समाजमा घरमा चर्पी नभएका महिलाहरुले दिसा पिसाब गर्नका लागि दिउंसो लाज हुने हुदा रातीमा दिसा गर्न जानु पर्दा उनीहरुमाथि यौन शोषण हुने,शारिरीक हमला हुने, जंगली जनावरले आक्रमण गर्ने घटनाहरु भैरहेकाछन् ।

  • सरसफाइको कमीले गरीव एवं पिछडिएका समुदायका महिला एवं बालबालिकाहरुको आत्मसम्मान, पहिचान र गौरवमा ठूलो चोट पुगेको छ ।

  • साबुन पानीले हात धुदा झाडापखाला जन्य रोगहरुमा करिब ३५ %ले कमी आउंछ ।

समाचार र घटना
हालका लागि कुनै पनि समाचार उपलब्ध छैन ।

प्राय सोधिने प्रश्नहरू


गृहपृष्ठ  |  नेपालमा आइ.वाइ.एस्.  |  सम्पर्क ठेगाना  |  सुझाव  |  साइट नक्सा © २००८ अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८, नेपाल । सर्वाधिकार सुरक्षित । योमरी द्वारा निर्मित ।

अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ नेपाल डेस्क
पानी पोखरी, काठमाडौं, नेपाल । फोन नं. (९७७-१) ४४१३६७० । फ्याक्स नं. (९७७-१) ४४१९८०२
ईमेल iysnepal@ntc.net.np